नियम
कोष सञ्चालन सम्बन्धी व्यवस्था
(१) गाउ“ विकास समितिको नाममा प्राप्त हुने सवै
प्रकारको आम्दानी ऐनको दफा ६० मा उल्लेख गरिएको गाउ“ विकास समिति कोषमा
जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) को कोषबाट सिधै कार्य सञ्चालन स्तरको कारोवार गर्न
पाइने छैन ।
(३) कार्य सञ्चालनस्तरको कारोवारका लागि गाउ“ विकास समितिले चालू खर्च
खाता र पू“जीगत खर्च खाता खोली कारोवार सञ्चालन गर्नु पर्नेछ ।
(४) उपनियम (३) को कारोवारका निमित्त स्वीकृत बजेट र कार्यक्रमका
आधारमा आवश्यकता अनुसार उपनियम (१) को कोषबाट कार्य सञ्चालनस्तरका
खातामा रकम ट्रान्सफर गर्नु पर्नेछ ।
(५) उपनियम (४) को खातामा आर्थिक वर्षको अन्तमा बा“की रहेको रकम शून्य
गरी उपनियम (१) को कोषमा फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता प्राप्त भएको रकम
मध्ये नेपाल सरकारबाट प्राप्त फ्रिज गर्नु नपर्ने रकम र गाउ“ विकास समितिको
आÇनो आम्दानीको रकम आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सारी लेखा राख्नु
पर्नेछ ।
(६) उपनियम (५) बमोजिम रकम फिर्ता प्राप्त गरी नेपाल सरकारबाट प्राप्त
कुनै अनुदान रकम फ्रिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित
निकायमा फिर्ता पठाई दिनु पर्नेछ । यदि फ्रिज गर्नु पर्ने रकम फ्रिज नगराएमा वा
फ्रिज गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा फिर्ता नपठाएमा उक्त रकम कट्टा
गरेर मात्र निकासा लिनु पर्नेछ । निकासा दिनेले पनि सोही अनुसार गरी निकासा दिनु
पर्नेछ ।